जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • धरानमा शुक्रबार राति १२ बजेबाट निशेधाज्ञा जारी

धरानमा शुक्रबार राति १२ बजेबाट निशेधाज्ञा जारी

काठमाडौं । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शुक्रबा रातीदेखी शनिबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार एक सुचना जारी गर्दै यस्तो बताएकी हुन् । केही दिन अघिदेखी धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै डेँगुका कारण स्वास्थ्य समस्या देखा परेको छ ।

शुक्रबार नै धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पनि एक विज्ञप्ती जारी गर्दै कुनै पनि जातिय द्धोन्द्ध नफैलाउन र सबैले मिलेर शान्ति स्थापना गर्नमा एक जुट हुनुपर्ने बताएका थिए । उनले नेपाल बहुजाती, बहुभाषी र बहुसंस्कृतियुक्त देश भएकाले सबैले एक अर्काको सम्मान गर्नुपर्ने भन्दै धरानवासीलाई सचेत हुन आग्रह समेत गरेका छन् ।

सुनसरी जिल्लाका १२ स्थानीय तहहहरूमा डेङ्गी रोगको संक्रमण व्यापकरुपमा फैलिई १६,००० जना भन्दा बढि व्यक्तिहरु सङ्क्रमित भएका छन् भने १२ जनाको मृत्युसमेत भइसकेको एवम् धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५,००० जना व्यक्तिमा संक्रमण फैलिएको अवस्था छ ।

२०८०/०४/२६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति, सुनसरीको बैठकले धरान उपमहानगरपालिकालाई डेही संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस सुनसरी जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91