काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जान प्रभावितका आफन्तलाई निस्शुल्क बस व्यवस्था गरिएको छ ।
तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि आइतबारसम्म सरकारले निस्शुल्क बसको व्यवस्था गरिएको हो । घर जानेहरूले मदन थापा ९९८४०२६६७९७० लाई सम्पर्क गरेर नाम टिपाउन सरकारले सूचना जारी गरेको छ ।