जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • कर्नाटकसँग नेपाली युवा टोली पराजित, शृङ्खलामा २–२ को बराबरी

कर्नाटकसँग नेपाली युवा टोली पराजित, शृङ्खलामा २–२ को बराबरी

काठमाडौं। कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको चौथो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ६ रनको लक्ष्य कर्नाटकको टोलीले ३७ ओभरमा ५ विकेट गुमाएर भेटायो । कर्नाटकका अक्षत प्रभाकरले २४ रन बनाए । नेपालका सन्तोष यादवले ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली युवा टोली ३५ ओभर १ बलमा अलआउट भयो । नेपालका मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कर्नाटकका अक्षत प्रभाकरले ५ विकेट लिए ।

कर्नाटकको जीतसँगै पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने दोस्रो खेल नेपालले जितेको थियो । यस्तै तेस्रो खेलमा नेपाल विजयी भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।