मुलुकले नयाँ हुँदै गर्दा नबुझेको कुरा । नेपाल धर्म परम्पराले बनेको देश हो । असमानता पक्कै पनि छ । त्यसलाई समाधान कानुनी रूपमा गर्ने प्रयास हरेक कोणबाट तथ्य बुझेर गर्ने हो ।
कथित गुरूहरुबाट कानुनी त्रुटि भएका छैनन् भन्न सकिन्न । तर विचार गर्नुपर्ने तथ्य के हो भने नेपाल मन्दिर र गुम्बाहरूले भरिएको देश हो । धर्मसंस्कृतिमार्फत वास्तवमा मुलुकको आय आर्जनको मुख्य स्रोत बन्न सक्ने आधार छन् । ती संस्थाहरु राज्यले नियन्त्रण गरेको भए पनि अहिलेको राज्यले निर्माण गरेको होइन ।
ती कसरी सञ्चालन भइरहेका छन् ? आय व्ययको स्रोत के हो ? राज्यलाई थाहा छ ? पशुपति, लुम्बिनी र केही अन्य धार्मिक स्थानमा राजनीतिक नियुक्तिबाहेक अन्य विवरणबारे राज्यलाई होस छ ? यत्रा मठमन्दिर कुन खर्चले बनिरहेका छन् ? कहाँबाट लगानी आउँछ ? राज्यलाई केही जानकारी छ ? आस्था अझै पनि धेरै महत्त्वपूर्ण छ मानिसको जिवनमा । जसले गर्दा यो लगानी र यो चलखेल भइरहेको छ मुलुकमा ।
घरीघरी पशुपति अगाडि फोटो खिचेर नेपालीलाई गुन लगाएको जस्तो अभिनय गर्नुभन्दा, धर्मको आधारमा विभिन्न आयोग बनाउनुभन्दा, सबै धर्मसँग सम्बन्धित संघसंस्थाको श्रद्धालुले चढाउने रकम सेतो बनाउन राज्यले श्रद्धाको बाटो अपनाउनु पर्यो । ताकि कुनै धर्मगुरू नैतिक हिसाबले कानुनको फन्दामा पर्न नपरोस् ।