जोडिनुहोस
  • होमपेज
  • गठबन्धन हामीले फुटाएको हो, चीनलाई जस नदिनुस्- ओली

गठबन्धन हामीले फुटाएको हो, चीनलाई जस नदिनुस्- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससहितको गठबन्धन आफूहरूले फुटाएको बताएका छन् ।

मंगलबार संघीय संसदको ल्होत्से हलमा बसेको पार्टी संसदीय दल बैठकमा बोल्दै अध्यक्ष ओलीले आफुहरुले गठबन्धन फुटाएकोमा जस चीनलाई जस दिइरहेको व्यंग्य गरेका थिए ।

उनले भने( ‘कमसेकम यति जस त हामीलाई दिनुस् । कहाँ चीन पुर्‍याएको रु यति सानो कामका लागि १ चीनले बनाइदियो रे १ चीन आयो रे १ चीनले यो गर्‍यो, चीन घुस्यो रे १ यो हामीले गरेको हो । कमसेकम यति जस त दिनूस्, यत्रो मिहिनेत गरेर बनाएको छ १’

ओलीले अगाडी भने( ‘हामीलाई सरकारमा जाने हतारोले होइन, तपाईंहरूलाई सम्झना होला( यही हलमा मैले हामीलाई सरकारमा जाने हतारो छैन भनेको थिएँ। तर देशको बर्बादी टुलुटुलु हेरेर बसिरहन सकिँदैन पनि भनेको थिएँ । मैले यो पनि भनेको थिएँ, यो गठबन्धन भनेको खरानीको डल्लो हो, सुख्खा भए पनि फुट्छ, भिज्यो भने पनि फुट्छ। त्यसकारण यो फुट्ने गठबन्धन हो मैले भनेको थिएँ । तर गठबन्धनमा हुनेहरूको उन्माद थियो ।’

ओलीले एमाले प्रतिको विश्वासका कारण अर्थमन्त्री एमालेले पाउने हल्ला चल्नासाथ सेयर बजारमा सर्किट लाग्ने गरेको प्रसंग उल्लेख गरेका थिए ।

अध्यक्ष ओलीले प्रचण्डको सरकारले विश्वासको मत नपाएमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने हुनाले पनि यस सरकारलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14