जोडिनुहोस

हालको खबर

Jogos Online & Apostas 2025
  • ८ seconds अगाडि
Angâstia Promoções aquele Códigos em Portugal
  • ५ मिनेटutes अगाडि
HeroSpin Casino Análise honesta esfogíteado Casino Guru
  • ६ मिनेटutes अगाडि
Melhores casinos online sobre Portugal 2025
  • ९ मिनेटutes अगाडि
  • होमपेज
  • इरानमा सडक दुर्घटना : ९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

इरानमा सडक दुर्घटना : ९ जनाको मृत्यु

इरानमा सडक दुर्घटना : ९ जनाको मृत्यु

तेहरान । इरानमा दुई दिनमा भएका तीन ओटा सडक दुर्घटनामा परी नौको मृत्यु हुनुको साथै अन्य बीस घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । इरानको दक्षिणपूर्वी प्रान्त केरमानको एक इन्टरसिटी सडकमा शनिबार एकै स्थानमा धेरै ओटा सवारी साधन ठोक्किँदा दुई जनाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका आईआरआईबी समाचार समिति जनाएको छ ।

शनिबार बिहान केरमान सहरबाट सिर्जान सहर जाने बाटोमा दुईवटा सेमी ट्रेलर ट्रक र पाँचवटा सेडान कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको आईआरआईबीले देशको आपतकालीन सेवाका उद्धृत गर्दै जनाएको छ । दुर्घटनाको कारण सडकको चिसो अवस्था रहेको भन्दै घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रवक्ता खालेदीले बताएका छन् ।

शनिबार बिहान पनि उत्तरपूर्वी प्रान्त खोरासान रजावीमा सडकमा तीनवटा सवारीसाधनको ठक्करबाट तीन जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका आईआरआईबीले प्रान्तको रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मोहसेन जाकेरियनलाई उद्धृत गर्दै जनाएको छ । ठोक्किएपछि तीनवटा कारमा आगो लागेको र पूरै जलेको उनले बताए । शुक्रबार राति उत्तरपश्चिमी प्रान्त कुर्दिस्तानमा बस र मिनीबस ठोक्किँदा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्, आईआरआईबीले प्रान्तीय रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पायम जलालीलाई उद्धृत गर्दै बताएको छ।

आधिकारिक तथ्याङ्कले इरानमा वार्षिक २० हजार भन्दा बढी मानिसको ट्राफिक दुर्घटनामा मृत्यु हुने र २ लाख भन्दा बढी घाइते हुने गरेको देखाउँछ । ड्राइभिङ अनुभवको अभाव र सडकको कमजोर मर्मतसम्भार मुख्य कारणहरू छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्