![गठबन्धन तलमाथि हुँदैन : प्रधानमन्त्री प्रचण्ड](https://sagarmatha.tv/wp-content/uploads/2024/05/Mawobadi_Samsadiya-dal-baithak-1717142167-1024x604.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा बिफ्रिङ गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन तलमाथि नभइ एकढिक्का भएर जाने बताएको सांसद माधव सापकोटाले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, “गठबन्धन तलमाथि हुँदैन । एकढिक्का भएर जान्छ । माधव कमरेडको कुनै समस्या हुँदैन । कुराकानी भइरहेको छ, बजेटको डिफेन्स गर्नुस् ।”