जोडिनुहोस
  • होमपेज
  • गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा स्थगित, नियुक्ति अन्योलमै

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा स्थगित, नियुक्ति अन्योलमै

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको कार्य ब्यस्तताको कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको हो। यसअघि पनि समितिको बैठक नबसेको र नबोलाएको भन्दै पुर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।

भट्टराइको राजिनामा पछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरे पछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो ।

तर, अर्थमन्त्री पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा आएर पुनः स्थगित भएको हो । गत चैत २५ गते नै नियु्क्त हुनु पर्ने गभर्नर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले बिच सहमति हुन नसक्दा अझै अन्यौलमा परेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका