जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडल जेनेभामा, राजदूत सुवेदीले गरे स्वागत

राष्ट्रपति पौडल जेनेभामा, राजदूत सुवेदीले गरे स्वागत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा राष्ट्रपति पौडेललाई स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले स्वागत गरेका छन् । राजदूतावासका कर्मचारीहरूसहितको टिमले विमानस्थलमा स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले बुधबार (आजै) स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेलले बिहीबार (भोलि) अन्तर्राष्ट्रिय श्रम संगठन ‘आईएलओ’को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रअन्तर्गतको ग्लोबल कोलिसन फर सोसल जस्टिस’को उद्घाटनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

यस्तै बिहीबार नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर रोयल डच एयरलान्सबाट असार १ गते जर्मनीको बर्लिन पुग्नेछन् । संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका राष्ट्रपति पौडेलले असार ३ गते समकक्षी स्टाइनमेयरसँग भेट गर्ने कार्यक्रम छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा राष्ट्रपति पौडेललाई स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले स्वागत गरेका छन् । राजदूतावासका कर्मचारीहरूसहितको टिमले विमानस्थलमा स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले बुधबार (आजै) स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेलले बिहीबार (भोलि) अन्तर्राष्ट्रिय श्रम संगठन ‘आईएलओ’को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रअन्तर्गतको ग्लोबल कोलिसन फर सोसल जस्टिस’को उद्घाटनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् । यस्तै बिहीबार नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर रोयल डच एयरलान्सबाट असार १ गते जर्मनीको बर्लिन पुग्नेछन् । संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका राष्ट्रपति पौडेलले असार ३ गते समकक्षी स्टाइनमेयरसँग भेट गर्ने कार्यक्रम छ ।

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो–साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

त्यसैगरी, असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । असार ३ गते जर्मनी टे«ड एन्ड इन्भेष्टआवद्ध उद्योगी व्यापारीहरूलाई भेट दिने कार्यक्रम छ । आफ्नो भ्रमण पूरा गरी राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका