जोडिनुहोस
  • होमपेज
  • सांसद सिंहको आरोप– केही व्यापारीको ‘इन्ट्रेस्ट’मा बजेट बनाइयो

सांसद सिंहको आरोप– केही व्यापारीको ‘इन्ट्रेस्ट’मा बजेट बनाइयो

काठमाडौं । प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट केही व्यापारीको ‘इन्ट्रेस्ट’मा बनाएको आरोप लगाएका छन् । बजेट नेकपा (माओवादी केन्द्र)का ३२ सांसदलक्षित र केही व्यापारीको इन्ट्रेस्टमा बनाइएको उनको आरोप छ ।

“…यो बजेट केही व्यापारीले बनाएको छ, अर्थमन्त्रीजीको इन्टे«स्टमा । यो बजेट माओवादी पार्टीको सिंगल ३२ जना सांसदको लागि मात्रै बनेको छ,” उनले भने ।

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै सांसद सिंहले माआवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले उक्त पार्टीले जित्न सक्ने निर्वाचन क्षेत्रमा मात्र सरकारले बजेट विनियोजन गरेको जिकिर गरे ।

“यो २७५ जनाको यो बजेट बन्छ बन्नु दिवास्वप्न हो । किनकि, माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ । त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ,” उनले भने, “हामीजस्ता निर्धा सांसदलाई उहाँहरूले देख्नु हुन्न ।”

उनले बजेट जसरी विनियोजन गरिए पनि मन्त्रीहरूलाई कानुन नलाग्ने छुट संविधानले नै दिएको टिप्पणी गरे । “नियम, कानुन मन्त्रीलाई लाग्दैन । उहाँले जति बजेट आफ्नो क्षेत्रमा लगे पनि, जे गरे पनि, जति घुस खाए पनि क्षम्य छ,” उनले भने । न्युज एजेन्सी नेपाल

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help