जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • अफगानिस्तानको हेलमान्ड प्रान्तमा खडेरी, किसान समस्यामा

अफगानिस्तानको हेलमान्ड प्रान्तमा खडेरी, किसान समस्यामा

काबुल—अफगानिस्तानको हेलमान्ड प्रान्त चरम खडेरीको सामना गरिरहेको छ । केही किसानहरू र स्थानीयहरूले तालिबान नेतृत्वको अन्तरिम प्रशासनलाई पानीको अधिकारबारे इरानसँग छलफल नगर्न आग्रह गरेको टोलो न्यूजले समाचार लेखेको छ।

उनीहरूले अफगानस्थानको विशेष गरी हेलमान्ड प्रान्त गम्भीर खडेरीको सामना गरिरहेको र किसानहरूलाई आफ्ना छिमेकीहरूलाई पानी उपलब्ध गराउन अत्यन्तै चुनौतीपूर्ण बनाएको दाबी गरेका छन् ।

इरानी अधिकारीहरू र वर्तमान अफगान सरकारबीच हेलमान्ड नदीबाट इरानको पानी अधिकारको बारेमा हालैका दिनहरूमा विवादास्पद विषय बनेको छ।

इरानका र वातावरण विभागका निर्देशकले दुई दिन अघि भनेका थिए कि उनले हेलमान्ड नदीको पानीमा देशको कानुनी पहुँचका सम्बन्धमा त्यहाँको वर्तमान प्रशासनका प्रतिनिधिहरूसँग परामर्श गर्न एक वा दुई हप्तामा अफगानिस्तानको भ्रमण गर्ने टोलो न्यूजले जनाएको छ ।

इरानले हामीसँग पानी मागेको तथ्यको बाबजुद, हेलमान्डले पहिले यो पाउनुपर्छ। हामी उनीहरूलाई पानी नदिन आग्रह गर्दछौं किनभने हेलमान्डमा बाली, बगैंचा र गहुँ सबै तिर्खाएका छन्,ू एक किसान अब्दुल रहमानले भने। ।

अर्का कृषक मोहम्मद सेदिकले भने, “हामी पहिले पानी हेलमाण्डलाई दिन चाहन्छौं ।”

हेलमान्ड नदीबाट इरानको पानीको अधिकारको बारेमा, धेरै पानी विशेषज्ञहरूको फरक दृष्टिकोण छ। हेलमाण्ड सन्धि अनुसार इरानले पानी प्राप्त गर्न चाहेको देखिदैन । वर्षको सुरुवातदेखि अफगानिस्तानले कमल खान बाँधमा पनि पानी भण्डारण गरेको छैन। जलविज्ञ नजिबुल्लाह सादेदका अनुसार पानी जहिले पनि तल इरानतिर बग्छ, टोलो न्यूजले जनाएकाे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्