जोडिनुहोस
  • होमपेज
  • कांग्रेस र एमालेभित्रको समस्या पनि मैले समाधान गरिदिनपरेको छ: प्रधानमन्त्री

कांग्रेस र एमालेभित्रको समस्या पनि मैले समाधान गरिदिनपरेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमाले भित्रको समस्या पनि आफूले मिलाइदिनुपरेको बताएका छन्।

काठमाडौंमा शुक्रबार नेपाल बुद्धिजीवि संगठनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले कहिलेकाहीँ कांग्रेस र एमालेको पनि पार्टीभित्रको समस्या समाधान गरिदिनुपरेको बताएका हुन्।

‘कहिलेकाहीँ नेपाली कांग्रेसलाई, कहिलेकाहीँ एमालेलाई पनि संयोजन गर्ने, उहाँहरू भित्रको समस्या पनि मैले नै समाधान गरिदिनपर्‍या जस्तो गरी मैले काम गर्न परिराखेकै छ। गरि पनि रहेको छु,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले थपे, ‘मान्छेले हेर्दा कहिले यता कहिले उता पनि भन्छन्। तर मैले पार्टी आन्दोलन र देशको आवश्यकता अनुसार प्रमुख राजनीतिक दलहरू; सदन भित्रका पनि र बाहिर भएकालाई पनि संयोजन गर्ने कुरा गरिराख्याछु।’

उनले देशमा समाजवाद स्थापना गर्न सकिन्छ भन्ने बाटोमा आफू पूरा आत्मविश्वासका साथ हिँडेको बताए। ‘सुशासन सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरू गर्न सकिन्छ भन्ने कन्फिडेन्स लिएरै हिँडेको छु। तपाईंहरू किन सक्नुहुन्न?’ प्रधानमन्त्री प्रचण्डले सोधे।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?