जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • गैरकानुनी ढंगले नेपाली महिलालाई कुवेत पठाउने काम रोकौँ : उपसभापति गुरुङ

गैरकानुनी ढंगले नेपाली महिलालाई कुवेत पठाउने काम रोकौँ : उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई कुवेतमा गैरकानुनी रूपमा पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उपसभापति गुरुङले पछिल्लो ६ महिनामा १० हजार नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पठाउने काम भएको बताए ।

‘पछिल्लो ६ महिनाभित्र १० हजार नेपाली महिला दिदी बहिनीहरु गैरकानुनी बाटोबाट त्यहाँ (कुवेत) पुगेको सूचना प्राप्त भयो । कुवेतमा घरेलु कामदार पठाउन बन्द गरौँ । सरकारले ढोका बन्द गरे पनि झ्याल खुला राखिदियो । झ्याल कुरा राखिदिँदा नेपाली दिदी बहिनीले साह्रै दुःख पाइराखेका छन्,’ उनले भने ।

नेपाली महिला दिदी बहिनीलाई नेपालबाट सेटिङ गरेर दुबई हुँदै कुवेत पुर्‍याउने काम रोक्न सरकारको पूर्ण रुपमा ध्यानाकृष्ट हुनुपर्ने गुरुङले बताए । ‘महिला दिदी बहिनीलाई गैरकानुनी रूपमा कुवेत पुर्‍याउने कार्य तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने । कुवेतमा ४१ हजार नेपाली महिला रहेका भन्दै यी मध्य २७ हजार महिला दिदी बिहिनी गैरकानुनी रहेको गुरुङले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका