जोडिनुहोस
  • होमपेज
  • इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमण, १८ इजरायली सैनिक घाइते

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमण, १८ इजरायली सैनिक घाइते

एजेन्सी– इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको इजरायली रक्षा बल ९आईडीएफ०ले जनाएको छ । आईडीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गोलान हाइट्सको उत्तरी क्षेत्रमा आक्रमण भएको थियो, यद्यपि ड्रोन कताबाट आएको थियो भन्नेबारे केही बताइएको छैन ।

घाइते सैनिकहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । प्रतिक्रियामा इजरायली वायु सेनाले आइतबार राति दक्षिणी लेबनानको हिजबुल्लाह शिविरलाई लक्षित गरी आक्रमण गरेको छ ।

आक्रमणमा मर्काबा नजिकैको हिजबुल्लाह अवलोकन चौकी र आयता एस शाब नजिकैको उत्तरी इजरायलतर्फ मिसाइल प्रक्षेपण गर्न प्रयोग गरिएको लञ्चरस्थलमा प्रहार गरिएको इजरायली सेनाले बताएको छ ।

पछिल्लो घटनाले इजरायल र लेबनानको सशस्त्र समूह तथा राजनीतिक दल हिजबुल्लाहबीच सन् २०२३ को अक्टोबरदेखि जारी सीमापार हिंसाको निरन्तरतालाई संकेत गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका