जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानको वर्षा

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानको वर्षा

काठमाडौं – टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिेकट आई नेपालको कीर्तिमानको ओइरो लागेको छ। १९औँ एसियाली खेलकुद ९एसियाड० मा मंगोलियाविरुद्ध रेकर्डको वर्षा भएको हो।

यो खेलमा नेपालको विभिन्न चार रेकर्ड बनेको हो। टी-ट्वेन्टीमा सर्वाधिक ३१४ रन, फास्डेड हन्ड्रेड, फास्डेड फिफ्टी र फराकिलो रन अन्तरको विजयी रेकर्ड बनेको हो। ​

मंगोलियासँग भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो। यस अघि चेक रिपब्लिकले टर्कीविरुद्ध सन् २०१९ मा बनाएको २५७ रनको रेकर्ड ब्रेक भयो। ३१५ को लक्ष्यसहित मैदानमा आएको मंगोलियाले १३ दशमलव १ ओभरमै अल आउँदा हुँदा मात्र ४१ रन बनाएको थियो। उसले २३ रन अतिरिक्त पाएको थियो।

यस्तै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा नेपालका दुई ब्याट्सम्यानले विश्व कीर्तिमान कायम गरेका छन्। नेपाली ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सबैभन्दा कम बलमा क्रमश शतक र अर्धशतक पुरा गर्ने विश्व कीर्तिमान बनाएका हुन्।

मल्लले ३४ बलमा शतक बनाए। उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए। कुनै पनि खेलाडीले ३४ बलमा शतक बनाएको पहिलो पटक हो।

यसअघि टी–२० आईमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए।

दीपेन्द्रसिंह ऐरीले ९ बलमा ८ छक्कासहित ५२ रनको अविजित योगदान दिए। दीपेन्द्र सबै भन्दा छिटो अर्थशतक बनाउने खेलाडी बने। ​ दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन्। उनले सन् २००७ मा १२ बलमा अर्थशतक पूरा गरेका थिए।

यस्तै, नेपालले जोडेको ३१५ को योगफल अर्को कीर्तिमान रहेको छ। यो टी–२० इतिहासकै यो उच्च योगफल हो। यसअघि अफगानिस्तानले आयरल्यान्ड र चेक। रिपब्लिकनले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्