जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • फाइल खोलेपछि कांग्रेस-एमाले मिले भनेर प्रधानमन्त्री र गृहमन्त्रीले स्टण्ट गरे : प्रदीप ज्ञवाली

फाइल खोलेपछि कांग्रेस-एमाले मिले भनेर प्रधानमन्त्री र गृहमन्त्रीले स्टण्ट गरे : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरियो भनेर प्रधानमन्त्री र गृहमन्त्रीले स्टण्ट गरेको टिप्पणी गरेका छन् । सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले भ्रष्टाचारको फाइल खोल्न कसले रोकेको छ ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘प्रचण्ड १९ महिनादेखि सरकारमा हुनुहुन्छ भ्रष्टाचारको फाइल खोल्न कसले रोकेको थियो उहाँलाई ? रविजी पनि दुई पटक गरी ६ महिना गृहमन्त्री भइसक्नुभयो ? त्यसैले यो स्टण्टमात्रै हो। आफू असफल भएर सरकारबाट बाहिरिन परेपछि एउटा न एउटा बहाना बनाउनुभएको हो । उहाँहरूले भनेको एक साता भइसक्यो, हामी त कहिले फाइल खुल्छ भनेर हेरेर बसिरहेकै थियौं । कुन दिन कुन फाइल खुल्छ भनेर ।’

उनले आफू असफल भएर सरकारबाट बाहिरिन परेपछि प्रधानमन्त्री र गृहमन्त्रीले बाहना बनाएको उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
चितवनमा रगत अभाव