जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • नेत्रहीन महिला क्रिकेट सिरिजमा नेपालले भारतलाई हरायो

नेत्रहीन महिला क्रिकेट सिरिजमा नेपालले भारतलाई हरायो

भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी २० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।

ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका हुन् । दुवैले अविजित रहँदै अर्धशतक बनाए । यसअघि भएको पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले पहिलो जित निकाल्दै सिरिज जित्ने सम्भावना कायमै राखेको छ । भारतको पहिलो हारपछि पाँच खेलको सिरिजमा भारत २ १ ले अघि छ ।

ओपनरद्वय बिनिता र मनकेशीले अविजित १७४ रनको साझेदारी गरेपछि भारतले दिएको १७२ रनको लक्ष्य नेपालले १९।१ ओभरमा विना क्षति पूरा गरेको हो ।

नेपालका लागि बिनिताले ६० बल खेल्दै ७ चौका प्रहार गरी ७८ रन बनाइन् । यस्तै मनकेशीले ५७ बल खेल्दै ५ चौका मदतमा ७५ रन बनाइन् ।

यसअघिको दुवै खेलमा लक्ष्य पछ्याउदै नेपाल झिनो रनअन्तरले चुकेको थियो । तेस्रो खेलमा भने बिनिता र मनकेशीले सानदार ब्याटिङ गर्दै जितसम्म पुर्‍याएका हुन् । भारतले सात बलर प्रयोग गरे पनि नेपालको विकेट लिन सकेन ।

त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा घरेलु टोली भारतले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

भारतका लागि सिमु दासले अविजित रहँदै सर्वाधिक ८४ रन बनाइन् । यस्तै सुनिता श्राथेले अविजित ३१ रन बनाइन् । सुस्मा पटेल र रभान्नीले समान १४ रन बनाए । भारतका चारै खेलाडी रनआउट भएका थिए । नेपालकी बिनिता पुनले २ तथा सरिता घिमिरे र निशा गौराले १ १ रनआउट गरे । अब नेपाल र भारतबीच सिरिजको चौथो खेल बिहीबार हुनेछ । पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्