जोडिनुहोस

हालको खबर

  • होमपेज
  • नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ।

सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरेका १९२ जना कैदीलाई नियन्त्रणमा लिइएको छ।

यसक्रममा भारततर्फ भागिरहेका ७ जनालाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ ।

एक जनालाई स्थानीयले समातेर इलाका प्रहरी कार्यालयमा बुझाएका छन्। त्यस्तै, १२ जना कैदी आफैं फर्केर कारागारमा उपस्थित भएका छन्।

यसैबीच, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जानुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा १२ जना घाइते र २ जनाको मृत्यु भएको छ।

त्यसैगरी, काभ्रेपलान्चोकको बनेपा–९ नयाँबस्तीमा फेला परेको शंकास्पद वस्तुलाई सेनाले सुरक्षित रूपमा नष्ट गरेको जनाएको छ। हालसम्म विभिन्न ठाउँबाट ९४ नाल हतियार बरामद भएको सेनाले जनाएको छ।

ताजा समाचार