जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • यो केपी ओलीको सरकार हो, लामो समय चल्छ : खानेपानी मन्त्री यादव

यो केपी ओलीको सरकार हो, लामो समय चल्छ : खानेपानी मन्त्री यादव

काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन् । सोमबार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै उहाँले यस्तो बताएका छन् । उनले अहिलेको सरकार डबल इन्जिनको सरकार भएको बताएका हुन् । उनले डबल इन्जिनको सरकारलाई पछाडिबाट अर्को इन्जिनले पनि साथ दिइरहेको भन्दै आफ्नो अवधिसम्म चल्ने बताए । उनले भने, ‘यो सरकार लामो चल्छ, किनकि यो केपी ओलीको सरकार हो । डबल इन्जिनको सरकार छ । यो इन्जिन एकदम झक्कासले चल्छ । हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ । यो सरकार आफ्नो अवधिसम्म चल्छ । डबल इन्जिनको सरकारलाई सफल बनाऔँ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका