जोडिनुहोस
  • होमपेज
  • विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन

विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

‘भर्चुअल’ माध्यमबाट उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मनसुनजन्य विपद्‌बाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिए ।

गृहमन्त्री लेखकले सीमित स्रोतसाधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गरे । उनले भने, “राज्य छ भन्ने अनुभूति दिने काम प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायको हो, अनुभूति हुने ढंगले काम गर्नुपर्छ ।” विपद् व्यवस्थापन गर्न आवश्यक प्रविधिको उपलब्धताका लागि मन्त्रालयले पहल गरिरहेको उनको भनाइ थियो ।

विपद् व्यवस्थापनका साथै जिल्लाको शान्तिसुरक्षा, लागुऔषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले सो अवसरमा निर्देशन दिए । “बर्षातबाट उत्पन्न जटिल परिस्थितिका कारण ७७ वटै जिल्ला प्रभावित भएका छन्, विपद्को सामना तथा जनधनको क्षति न्यूनीकरणका लागि तीनवटै (संघ, प्रदेश र स्थानीय) तहबीच समन्वय आवश्यक छ, संघीय सरकारका तर्फबाट पहल गर्ने काम प्रमुख जिल्ला अधिकारी हो,” उनले भने । अवाञ्छनीय गतिविधि तथा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको मन्त्री लेखकको भनाइ थियो ।

भर्चुअल बैठकमा गृहसचिव एकनारायण अर्यालले विपद्को सुरुआती दिनमै यस पटक देशभर धेरै जनधनको क्षति भएको बताए । “विपद् व्यवस्थापन, राहत तथा उद्धारमा स्थानीय तहलाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गर्दछु,” उनले भने, “मनसुनजन्य विपद्मा बेपत्ता भएका नागरिकका आफन्तलाई मृतक सरह राहत रकम उपलब्ध गराउने सरकारले निर्णय गरेको छ

प्रचलन खबर

धेरै टिप्पणी गरिएका