जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • उपसभामुखलाई मानव तस्करको आरोप लगाइएकामा रवि लामिछानेको आपत्ति

उपसभामुखलाई मानव तस्करको आरोप लगाइएकामा रवि लामिछानेको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमाथिको छलफलका क्रममा उनले आरोप लगाउँदा सोच्न आग्रह गरे ।

“यो सदन यति आरोप–प्रत्यारोप र हिलो छ्याप्ने ठाउँ बन्यो । आज सिंगो जीवन जेलमा परेका बाबुआमाका सन्तानलाई न्याय दिएर सयौँ, हजारौँ बालबालिकालाई जीवन दिने इन्दिरा रानामगरलाई एउटा विषय आउनेबित्तिकै यो सदनमा मानव तस्करको आरोप लगाउने गरी निर्मम भयौँ हामी । विरोध गर्न पाइन्छ,” लामिछानेले भने, “कस्तो आरोप कसमाथि लगाइएको छ, एकपटक सोची त हेरौँ । विषय उठेको छ, प्रमाणित भएको छैन ।”

उनले समाजमा मन्त्री, प्रधानमन्त्रीलाई भेटाइदिन्छु भन्दै पैसा असुल्ने बिचौलियाको बिगबिगी भएको जिकिर गरे । केही लाखका निम्ति उपसभामुख रानाले रुनु नपर्ने उनको भनाइ थियो । “इन्दिरा रानामगरले सञ्चालन गर्नुभएको संस्थामा केही लाखका लागि उहाँले रुनु पर्दैन । संसारका एक से एक संस्थाहरूले त्यो पवित्र ठाउँमा लाखौैँ, करोडौँ पैसा एक वचनमा डोसेन दिएको उदाहरण छ,” उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका