जोडिनुहोस
  • होमपेज
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा ‘सहमतिनजिक’, बिहीबार टुंग्याउने तयारी

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा ‘सहमतिनजिक’, बिहीबार टुंग्याउने तयारी

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा नेताहरू सहमतिनजिक पुगेका छन् । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताइएको हो ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुंग्याउने चरणमा पुगेको बताए । हालसम्मका कार्य र सम्बन्धित निकायसँगका छलफलको समीक्षा र प्रतिवेदन आउँदो बिहीबारभित्र तयार पारिने उनले जानकारी दिए ।

अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने उनले उल्लेख गरे । उनले कानुनलाई चाँडोभन्दा चाँडो टुंग्याई यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी आफूहरू अघि बढेको जानकारी दिए ।

कार्यदलको बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका