जोडिनुहोस
  • होमपेज
  • बाढीले पुलमा क्षति पुर्‍याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले पुलमा क्षति पुर्‍याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

जनकपुरधाम– बाढीले महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा क्षति पुर्‍याएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक रामभक्त भट्टराइका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग बढिले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

पुल सानो भएकोले पानीको बहाव बढेपछि थेग्न नसकेर दक्षिणतिरको सडकको ५–६ फिट भाग बढिले बगाएको छ ।प्रहरी निरीक्षक भट्टराइका अनुसार राजमार्ग अवरुद्ध रहे पनि गाडीहरूलाई डाइभर्सन गरेर पठाइँदै छ । सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प भएको थियो । राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ ।

माइस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको प्रहरी निरीक्षक रामभक्त भट्टराइले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका