जोडिनुहोस
  • होमपेज
  • अस्कर अवार्डमा नेपाली चलचित्रका लागि आवेदन खुला

अस्कर अवार्डमा नेपाली चलचित्रका लागि आवेदन खुला

काठमाडौं । ९७ औँ अस्कर अवार्डमा नेपाली चलचित्रका लागि आवेदन खुला गरिएको छ । द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२५ मार्च २ तारिखमा आयोजना गर्ने ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस)मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको हो ।

उक्त अवार्डको प्रतियोगितामा नेपाली चलचित्रलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ले एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी पठाउनेछ ।

९७ औँ अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई समितिले आग्रह गरेको छ । ९७ औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा भाग लिन २०८० कात्तिक १५ देखि २०८१ असोज १४ सम्म सार्वजनिक प्रदर्शन गरिएका चलचित्रहरूले पाउनेछन् । २०८१ भदौ २७ गतेसम्म समितिको सचिवालयमा दर्ता गराउनु पर्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका