जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेशसचिव मिस्रीले गरे नेपाल भाषा परिषद्को भवन उद्घाटन

भारतीय विदेशसचिव मिस्रीले गरे नेपाल भाषा परिषद्को भवन उद्घाटन

भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गरेका हुन् । सो भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो ।

परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणमा काठमाडौं आएका मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

त्यस्तै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका