जोडिनुहोस

हालको खबर

Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • २ मिनेटutes अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • ४४ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ४४ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ४६ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • ४७ मिनेटutes अगाडि
  • होमपेज
  • दक्षिण अफ्रिकामा ग्याँस चुहावट हुँदा १६ जनाको मृत्यु

दक्षिण अफ्रिकामा ग्याँस चुहावट हुँदा १६ जनाको मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा बुधबार एउटा ठुलो दुर्घटना भएको छ । यहाँ शङ्कास्पद ग्यास चुहावटका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले धेरैको उद्धार गरेको थियो ।

गौतेङ प्रान्तका सरकार प्रमुख पन्याजा लेसुफी घटनास्थलमा आइपुगेको रोयटर्सले जनाएको छ । हाल कुन ग्यास लिक भएर दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

जोहानेसबर्गको पूर्वमा बोक्सबर्ग जिल्ला नजिकै एन्जेलो भनिने एउटा बस्ती छ। यो क्षेत्र अवैध उत्खनन गतिविधि सँग जोडिएको मानिन्छ। सञ्चारमाध्यमसँग कुरा गर्दै आपत्कालीन सेवा एजेन्सीका प्रवक्ता विलियम एन्टलाडीले घटनास्थलमा २४ जनाको शव भेटिएको बताए । तर, अधिकारीहरूले पछि १६ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेका थिए। सोही क्रममा अस्पतालमा भर्ना भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

विलियम एन्टलाडीका अनुसार आपत्कालीन सेवा एजेन्सीलाई राति करिब ८ बजे ग्यास विस्फोट भएको फोन आयो। त्यहाँ कामदार पुगेपछि सिलिन्डरबाट विषाक्त ग्यास लिक भएको थाहा पाए । जबकि लेसुफीले घटनास्थलमा सबैको शव रहेको बताए । दुर्घटनामा मृत्यु भएका एक बालक एक वर्षका थिए ।

दक्षिण अफ्रिकी मिडियाले पनि यी ग्याँस चुहावटहरू यस क्षेत्रमा अवैध उत्खनन गतिविधिहरूसँग जोडिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। बोक्सबर्ग जिल्लाका स्थानीय अधिकारीले पनि यसको पुष्टि गरेका छन् । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट अवैध उत्खननका लागि ग्याँस प्रयोग हुने गरेको पाइएको छ ।

दक्षिण अफ्रिका हजारौँ अवैध खानीहरूको घर हो। यहाँ बेरोजगारी दर लगभग ३२ प्रतिशत छ। दक्षिण अफ्रिकामा हजारौँ मानिस अवैध खानीमा काम गर्छन्। जोहानेसबर्ग दक्षिण अफ्रिकाको एक व्यावसायिक क्षेत्र हो, जहाँ सन् १८८० को दशकमा सुनको खोजी गर्दा उत्खनन सुरु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्