जोडिनुहोस
  • होमपेज
  • सदनभित्र र बाहिर मोर्चा बनाएर अगाडि बढ्न माओवादी सकारात्मक छ : प्रवक्ता सापकोटा

सदनभित्र र बाहिर मोर्चा बनाएर अगाडि बढ्न माओवादी सकारात्मक छ : प्रवक्ता सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीको रूपमा ठूलो दल माओवादी भएकाले सदनमा पनि प्रतिपक्षी मोर्चा बनाउने कुरामा सबै दलसँग संवाद र सहकार्य गर्ने बताएका छन्।

उनले सदनभित्र र सदन बाहिर पनि मोर्चा बनाएर अगाडि बढ्न माओवादी सकारात्मक रहेको र अन्य साना दलहरू पनि सकारात्मक भएको जिकिर गरेका छन् ।

आइतबार उनले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘माओवादीले सदनभित्र रहेका र सदन बाहिर रहेका सबै दलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा सबैले एकमत राख्नुभएको छ। आज १४ जना स्थायी कमिटी सदस्यहरूले बोल्नुभएको थियो। यो विषयमा उहाँहरूले पनि सकारात्मक धारणा राख्नुभएको छ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका