जोडिनुहोस
  • होमपेज
  • पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँले घट्यो मूल्य

पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँले घट्यो मूल्य

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य घटाएको हो । त्यस्तै मट्टितेलको मूल्य पनि ३ रुपैयाँले घटेको छ ।

बिहिबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँमा विक्रि गर्न पाइने छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५४ रुपैयाँमा विक्रि गर्न पाइने छ ।

यता चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको नयाँ मूल्य १६२ रुपैयाँ प्रतिलिटर तोकिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ तोकिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका