जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानमा पार्किङमा राखिएका ट्रकमा आगलागी

अफगानिस्तानमा पार्किङमा राखिएका ट्रकमा आगलागी

काठमाडौं । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात सहरमा भन्सारको पार्किङस्थलमा आगलागी भएको छ ।

व्यापारिक सामान बोकेका ट्रकमा आगलागी भएको हो । भन्सार कार्यालयका डेपुटी मौलावी इस्मातुल्लाह यासारले आगलागीबाट ठूलो क्षति भएको बताएका छन् ।

प्राविधिक समस्याका कारण लागेको आगलागीले पार्किङस्थल र नजिकैका डिपोमा रहेका धेरै ट्रकमा क्षति पुर्याएको बताइएको छ । प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले आगलागीबाट कुनै मानवीय क्षति नभएको बताउँदै लाखौँ अमेरिकी डलरको धनमालको क्षति भएको हुनसक्ने बताए । एजेन्सी ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका