जोडिनुहोस

हालको खबर

a depósito dos Jogos puerilidade Slot Online
  • १ मिनेटute अगाडि
Casinos Online Confiáveis 2025 Gamblermaster Portugal
  • ६ मिनेटutes अगाडि
Jogos Online & Apostas 2025
  • ७ मिनेटutes अगाडि
  • होमपेज
  • ९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति गर्न पहल गर्दैछौँ  मन्त्री बस्नेत

९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति गर्न पहल गर्दैछौँ  मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन् । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताए । उनले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गरे ।

मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताए । उनले अहिले गाउँहरु बसाईंसराईको कारण रित्तिसकेको बताए । उनले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरु विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरुको उपचार खर्च सरकारले नव्यहोर्ने बताए । उनले भने,‘२०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी सकेको छैन । एक जनाले दुईदेखि चार जनासम्मलाई हेर्नुपरेको छ । कसरी आधारभुत र गुणस्तरीय स्वास्थ्य सेवा पुग्नसक्छ । चाहेर पनि हुनसक्दैन । हामीलाई ९२ हजार कर्मचारी चाहिने रहेछ । तर कम्तीमा पनि ३२ हजार कर्मचारी नभई हुँदैन भनेर म कुराको कराइ छु । यसमा प्रधानमन्त्री र अर्थमन्त्रीज्यु पोजेटिभ हुनुभएको छ ।’ मन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गइरहेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्