जोडिनुहोस
  • होमपेज
  • पाठेघरको बायोप्सी निकाल्ने क्रममा चितवनमा एक महिलाको मृत्यु

पाठेघरको बायोप्सी निकाल्ने क्रममा चितवनमा एक महिलाको मृत्यु

चितवन– चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालको मृत्यु भएको हो । अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) औषधी दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेसन गरेर बायोप्सी निकाल्न लागिएको थियो । सूचना अधिकारी पौडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या थियो । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भइरहेको बताए ।

मृतकका आफन्तहरूले भने अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका