जोडिनुहोस
  • होमपेज
  • छविलाल जोशीको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

छविलाल जोशीको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

काठमाडौं । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ ।

रूपन्देही जिल्ला अदालतका न्यायायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले छविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यही आदेशबाट उनी थुनामा छन् । जिल्लाको आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट पनि सदर भएपछि जोशीले सर्वोच्चमा पुन: निवेदन दिएका थिए । गत चैत ३१ मा उनले दर्ता गरेको पुनरावेदन निवेदन आज पेसीमा चढेको हो ।

यसअघि, रूपन्देही जिल्ला अदालतबाट सोही मुद्दामा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका गोरखा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाटै पुर्पक्षका लागि थुनामा गएका छन् । लामिछानेले भने थुनाबाटै यसअघि नै सर्वोच्चमा पुनरावेदन गरेकामा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

यसअघि, दुवै मुद्दामा जिल्लाको आदेशको कैफियत प्रतिवेदन मगाइएकामा लामिछानेविरुद्धको मुद्दामा आदेश बदर भएको थियो । जोशीविरुद्धको आदेश सदर भएको थियो ।

धेरै टिप्पणी गरिएका