जोडिनुहोस
  • होमपेज
  • घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा बम विष्फोट

घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा बम विष्फोट

दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम विष्फोट भएको छ । आज (बिहीबार) बिहान ९ बजेतिर क्याम्पसमा सुतली बम विष्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बम विष्फोट गराएको आरोपमा क्याम्पसमा पढ्ने दुई विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । क्याम्पसकै विद्यार्थीहरू घोराही उपमहानगरपालिका–१५ का अभियान थापा र सुभम कार्की पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जनाएका छन् । उनीहरू प्लस टुका विद्यार्थी हुन् ।

पक्राउ परेका विद्यार्थीहरूले रमाइलोका लागि सुतली बम विष्फोट गराएको बयान दिएको प्रहरीले जनाएको छ । सडकमा सुतली बम सल्काएर क्याम्पसको गेट नजिक फालिएको प्रहरीले बताएको छ । ‘रमाइलोका लागि पड्काएका हौं भनेर उनीहरूले बयान दिएका छन्,’ एसपी कार्कीले भने, ‘थप अनुसन्धान हुँदैछ ।’ मोटरसाइकलमा आएका उनीहरुले सुतली बम विष्फोट गराएर भागेका थिए । भाग्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका