जोडिनुहोस
  • होमपेज
  • टिकटक प्रवक्ताले भने– नेपाल सरकारको निर्णयले खुसी छौँ

टिकटक प्रवक्ताले भने– नेपाल सरकारको निर्णयले खुसी छौँ

काठमाडौं । टिकटकले नेपाल सरकारको निर्णयप्रति खुसी व्यक्त गरेको छ ।

एक विज्ञप्तिमार्फत् टिकटकले भनेको छ, “नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुसी छौं । यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं । नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं । हाम्रो कम्युनिटीको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै अविश्वसनीय रूपमा प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण आर्थिक अवसरहरूको ढोकासमेत खोलेको छ । हामी नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मञ्चलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं । किनकि हामीले नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेका छौं ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका