जोडिनुहोस
  • होमपेज
  • विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी : सभापति देउवा

विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रजातान्त्रिक समाजवाद संसारकै उत्तम समाजवाद भएको जिकिर गर्दै उनले विपी कोईरालालाई सानो देशको ठूलो नेताका रुपमा चित्रण गरे । उनले विपीलाई ज्ञान नभएको विषय नै नरहेको बताए ।

उनले विपी धेरै विषयको ज्ञानी भएपनि समयानुसार केही कुराहरु परिवर्तन हुने बताए । उनले विपीले त्यो बेलामा सबैले गाई पाल्नुपर्छ भन्नुभएको तर अहिले सबैलाई दुध खुवाउनुपर्छ भनेर डेरी कन्सेप्ट आएको बताए । उनले गाई सबैले पाल्नुपर्छ भन्दा पनि सबैले दुध पिउन पाउनुपर्छ भन्नेकुरा महत्वपूर्ण रहेको बताए । विपी कोईराला अलराउण्डर भएको समेत उनको भनाई छ ।

‘विपी कोईराला सानो देशको ठूलो नेता हो । उहाँलाई ज्ञान नभएको विषय नै थिएन । धेरै विषयको ज्ञानी हुनुहुन्थ्यो । कति कुराहरु समयअनुसार पनि चेन्ज हुन्छ । जस्तै उहाँले गाई पाल्ने कुरा गर्नुभएको थियो । आज गाई पाल्ने कुरा भन्दा पनि आज ठाउँठाउँमा बाटो पुग्ने, बिजुली, बत्ती पुगेको छ । आज गाई पाल्नु भन्दा पनि दुध सप्लाई गर्न डेरी सञ्चालन गर्ने हो । घरघरमा दुध बालबच्चाले पाउन् भनेको मतलव गाई पाल्नु भन्दा पनि बालबालिकालाई दुध खुवाउनु ठूलो कुरा हो । आज डेरी कन्सेप्ट ठूलो कुरा हो । समयमा धेरै कुरा चेन्ज हुन्छन् । विपी कोईराला अलराउण्डर हो । साहित्यमा त्यत्तिकै उत्कृष्ट हुनुहुन्थ्यो । विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुनु जरुरी छ,’सभापति देउवाले भने ।

सभापति देउवाले विपीले छोडेर गएका प्रजातान्त्रिक समाजवादलाई अध्ययन गरी बिस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै विपी जस्तो नेता अहिलेसम्म अरु पार्टीमा नजन्मिएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका