जोडिनुहोस
  • होमपेज
  • ठगी आरोपमा पक्राउ परे कलाकार ‘इकु’

ठगी आरोपमा पक्राउ परे कलाकार ‘इकु’

कलाकार बनाएर युरोपेली देशहरूमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंखर ‘इकु’ पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो । युरोपेलीसहितका देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा कलाकार भिषामा पठाइदिने भन्दै उनले पैसा उठाएको खुलेको छ।

उनले युरोपेलीदेशसहित क्यानाडा र अष्ट्रेलियामा लैजाने भनेर पहाडी र विकट जिल्लाका युवाहरूलाई प्रलोभनमा पार्ने गरेको खुलेको छ।गतिलो काममा आम्दानी पनि राम्रो हुने लोफ देखाएर उनले लाखौँ रुपैयाँ ठगी गरेको सीआईबीका एक अधिकारीले बताए । इकु कम्पनी एसएमएस फिल्मस प्रालिकान नाममा ग्लोबल आईएमई बैंकमा १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएको खुलेको छ । कलाकार भिषामा विदेश पठाइदिने बहानामा उनले नक्कली भिसदेखि नक्कली बैंक स्टेटमेन्टसहितका कागजात बनाउने गरेको पनि भेटिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका