जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बोलाइयो

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ १८ः३० बजे बैठक बस्ने तय भएको छ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवको सरुवा गर्न सकिने सम्भावना पनि रहेको छ। विशेष स्रोतका अनुसार बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो ।

आजको बैठकपछि केही महत्वपूर्ण निर्णयहरू सार्वजनिक हुन सक्ने जानकारी दिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका