जोडिनुहोस
  • होमपेज
  • सेनामा भर्ती हुने सिखलाई कपाल र दाह्री काट्न लगाउनु भएन : सांसद जबरा

सेनामा भर्ती हुने सिखलाई कपाल र दाह्री काट्न लगाउनु भएन : सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलसमशेर जबराले सेनामा भर्ती हुने सिख समुदायको कपाल र दाह्री नकाट्न नेपाली सेनालाई निर्देशन दिनुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

“नेपालमा शिख समुदायको ६ हजार जनसंख्या छ । चार हजार बाँके क्षेत्र नं. २ मा बसोबास गर्छन् । उनीहरू आर्मी र पुलिसमा जान खोज्ने मान्यता छ । यो समुदायको धर्मावलीमा कपाल दाह्री राख्नुपर्ने छ । नेपाल प्रहरी कपाल र दाह्री राख्न दिन्छन् । नेपाली सेनाले तालिम गर्दा कपाल काट्न उहाँहरूलाई भनिएको छ,” जबराले भने ।

सेनामा भर्ती हुने सिख समुदायलाई दाह्री र कपाल पाल्न दिनुपर्ने उनले बताए । “बरु उहाँहरू आर्मी छोड्नु हुन्छ, कपाल काट्नु हुन्न । सदनबाट सरकारमार्फत नेपाली सेनालाई यो निर्देशन जाओस्– सरदार समुदायलाई उहाँहरूको धर्मअनुसार दाह्री र कपाल राख्न दिइयोस् ।” जबराले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका