जोडिनुहोस
  • होमपेज
  • देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

हुम्लाबाहेक देशभरका सबै जिल्लामा  डेंगु संक्रमण फैलिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार हाल हुम्ला बाहेकका देशभरका जिल्लामा डेंगु संक्रमितको संख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको छ।

हालसम्म डेंगु रोगको संक्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ। अझै २०/२५ दिन डेंगु संक्रमण तीव्र रूपमा फैलिने हुँदा सतर्कता अपनाउनु पर्ने महाशाखाका किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले बताए। ‘ हाम्रोम उच्चरूपमा डेंगु संक्रमण फैलिने भनेकै भदौ र असोज महिना हो त्यसैले अझै २०/२५ दिन हाम्रो लागि जोखिमपूर्ण समय छ ‘डा दाहालले भने।

डेंगुको संक्रमणदर केही दिन अझै यसरी नै बढ्दै जाँदा यस पटकको दशैँमा डेंगु संक्रमण भयावह रूपम फैलने सम्भावना देखिएको छ। जसले गर्दा लामो यात्रा गर्दा, घरगाउँ फर्कंदा लामखुट्टेको टोकाइबाट बँच्ने उपाय अपनाउन चिकित्सकहरूको सुझाव छ।

डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै त्यसैले वर्षातको समयमा घर वरपर पानी जम्न नदिन विज्ञहरूले यसअघि नै बताउँदै आएका छन्।  डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाएका छन्।

पछिल्ला बर्षहरुमा बर्षातको समयमा डेंगु संक्रमण जनस्वास्थ्यको एक प्रमुख चुनौती बन्दै आएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका