जोडिनुहोस
  • होमपेज
  • विपद व्यवस्थापनका लागि तीनसय नगर प्रहरी परिचालन

विपद व्यवस्थापनका लागि तीनसय नगर प्रहरी परिचालन

काठमाडौं– काठमाडौं महानगरपालिकाले लगातारको वर्षापछि विभिन्न नदीहरूमा आएको बाढी र डुबानबाट सिर्जना भएको विपद् व्यवस्थापनका लागि तीन सयजना नगर प्रहरी परिचालन गरेको छ ।

महानगरपालिकाले विपद्का कारण जोखिममा परेका महानगरपालिका क्षेत्रका स्थानीयको उद्धारका लागि तीन सयजना नगर प्रहरीलाई १७ वटा टोली बनाएर परिचालन गरेको हो । निरन्तर वर्षाका कारण काठमाडौंमा सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नगर प्रहरीका टोलीहरू डुवान भएका बस्ती, नदी किनारा, रूख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन् ।

सचिवालयले वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका