जोडिनुहोस
  • होमपेज
  • कमल थापा भन्छन्- भुटानले पुर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायो

कमल थापा भन्छन्- भुटानले पुर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई  गौरवान्वित तुल्यायो

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भुटानले पुर्व राजा ज्ञानेन्द्र शाहलाई प्रदान गरेको स्वागत र सम्मानले नेपालीलाई गौरवान्वित तुल्याएको बताएका छन् ।

हाल भुटान भ्रमणमा रहेका पुर्व राजा ज्ञानेन्द्रलाई भुटानमा भव्य स्वागत गरिएका तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

अध्यक्ष थापाले भनेका छन्-

थिम्पुमा राजा ज्ञानेन्द्रको भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक र रानीसँग भेट भएको छ ।नेपाल र भुटानका राजसंस्थाका बिच सदैव सुमधुर सम्वन्ध रहँदै आएको छ। राजा ज्ञानेन्द्रलाई प्रदान गरिएको स्वागत र सम्मानले नेपालीलाई गौरवान्वित तुल्याएको छ । यो भेट ऐतिहासिक र कोसेढुङ्गा बन्ने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका