जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै, आजै शीतलनिवास छाड्ने तयारी

राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै, आजै शीतलनिवास छाड्ने तयारी

काठमाडौँ – मुलुकको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै छ।

२०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी उनको आजबाट कार्यकाल सकिन लागेको हो।

यो उनको दोस्रो कार्यकालका हो। उनी यसअघि पनि ०७२ साल कात्तिक ११ गते मुलुकको दोस्रो राष्ट्रप्रमुखका रुपमा निर्वाचित भएकी हुन्।

गत फागुन २५ गते सम्पन्न निर्वाचनमार्फत मुलुकको नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। उनी नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेमवाङ्लाई भारी मतान्तरले पराजीत गर्दै विजयी भएका हुन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलले जिम्मेवारीलाई जिम्मेवारी सुम्पिँदै वर्तमान राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैछिन्।

सचिवालयका अनुसार उनी आज शीतलनिवासबाट बुढानीलकण्ठ(२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्