जोडिनुहोस
  • होमपेज
  • बाँकेका बाढी पहिरोपीडितलाई भारतीय दूतावासको राहत

बाँकेका बाढी पहिरोपीडितलाई भारतीय दूतावासको राहत

काठमाडौं :  भारतीय राजदूतावासले नेपालका बाढी पहिरोपीडितलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरेको छ ।  सोमबार भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई सो सामाग्री  हस्तान्तरण गरेका हुन्  ।

टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको उक्त मानविय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्‍याइएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ  ।

दूतावासका अनुसार  भारत सरकारले  अन्य अत्यावश्यक सरसफाई सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको छ जुन छिट्टै उपलब्ध गराइनेछ ।

छिमेकी मुलुक होस् वा अन्य मुलुक संकटको बेला भारत सदैव पहिलो रेस्पोन्डरको रुपमा रहेको पनि विज्ञप्तिमा उल्लेख  छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गरेको दूतावासले जनाएको छ ।

भारतले गत वर्ष जाजरकोटका भूकम्पपीडितलाई  पनि राहत सामाग्री उपलब्ध गराएको थियो ।  हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका