जोडिनुहोस
  • होमपेज
  • पकरी–भारदह सडक मर्मत नहुँदा जोखिमपूर्ण यात्रा

पकरी–भारदह सडक मर्मत नहुँदा जोखिमपूर्ण यात्रा

राजविराज – यहाँको पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या भएको छ ।

उक्त सडकखण्डको अर्जीदेखि गंगापुर हुँदै ढोरबाबाचोक सम्म करिब तीन किलोमिटर सडक निर्माणाधीन अवस्थामै छाडिएकाले पैदल यात्रु र सवारी चालकहरुलाई यात्रा गर्न कठिन भएको हो । हुनुमाननगर कंकालनी नगरपालिका–४स्थित अर्जीदेखि गंगापुर सम्मको सडक गत वर्षको बाढीले कटान गरेपछि भासिएको थियो । भासिएको सडक मर्मत नहुँदा आवतजावत गर्न कठिनाइ भएको स्थानीयबासीले बताए ।

अटो चालक महेन्द्र मण्डलले यो सडकखण्ड जोखिमपूर्ण भएको बताए। उनले भने, ‘यस बाटोमा ठूला साना खाल्डो रहेकोले कुनै पनि बेला अटो पल्टिन सक्छ ।’बाटो मर्मत नहुँदा दैनिक भारदह बजार जाने पैदल यात्री र सवारी साधन खाल्डाखुल्डी छिचोल्दै हिँड्नुपर्ने बाध्यता रहेको हनुमानगर कंकालनी नगरपालिका–४ मधुवापुरका इन्द्रदेव ठाकुरले गुनासो गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances