जोडिनुहोस

आर्थिक

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा सुनको मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार छापावाल सुन प्रतितोला एक हजार तीन सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ८ सय रूपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १९ सय ५० रूपैयाँमा कारोबार भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help