जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • मन्त्रालयमा कर्मचारी नदेखेपछि रिसाए ऊर्जामन्त्री, काम छाडेर नभुल्न निर्देशन

मन्त्रालयमा कर्मचारी नदेखेपछि रिसाए ऊर्जामन्त्री, काम छाडेर नभुल्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्य काममा नभुल्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आफू पुग्दा अधिकांश कर्मचारी नआइपुग्ने गरेको प्रवृत्ति भेटिएपछि मन्त्री बस्नेतले बिहीबार मन्त्रालय र मातहतका निकायका उच्च अधिकारीलाई डाकेर बैठक गरेका थिए । सो क्रममा उनले भने, ‘कम्तीमा पनि दैनिक चार घण्टा सरकार, मन्त्रालयको काममा व्यस्त हुनुस्, अनावश्यक भेटघाट बन्द गर्नुस्, म पनि नियमित काम छाडेर अन्य भेटघाटमा लाग्दिन, तपाईंहरु पनि सोही अनुसार गर्नुस् ।’

मन्त्री बस्नेतले जनताको कामलाई प्रभावकारी रुपमा सम्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन समेत आग्रह गरे । नीतिगत, कानुनी एवम् संरचनागत रुपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उनले मातहतका सबै निकाय इमान्दार भएर लागेको खण्डमा परिणाम निस्कने समेत बताए । मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमित रुपमा १० बजे नै कार्यालयमा उपस्थित भएर काम सुरु गरेको भन्दै ऊर्जामा पनि सोही नियम लागु हुने जानकारी दिए । ‘आकस्मिक काम बाहेक म पनि नियमित रुपमा कार्यालय खुल्ने बित्तिकै मन्त्रालयमा उपस्थित हुन्छु, तपाईंहरु पनि त्यसै गर्नुहोला । अब कुनै पनि प्रकारको छुट दिन सकिंदैन ।’

उनले विकास निर्माणको काममा परेको समस्या समाधानका लागि नीतिगत रुपमा गर्नुपर्ने सुधारहरु के के हुन्, वन क्षेत्र प्रयोगको विषयमा के कस्ता निर्णय गर्नुपर्ने हो र भूमि वा प्रसारणलाइन निर्माणमा देखिएका जटिलता के कस्ता हुन्, त्यसको स्पष्ट खाका प्रस्तुत गर्न समेत मातहतका निकायलाई निर्देशन दिए । ऐन नै संशोधन गर्नु पर्ने भएपनि तत्काल प्रक्रिया अगाडि बढाइहालौं, कार्यविधि बनाएर समस्याको समाधान हुन्छ भने त्यो पनि गरिहालौं । अब समस्या लिएर बस्ने समय छैन । तत्काल समाधानको उपाय खोजीहालौं,’ मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले बुधबार मन्त्रालयको आकस्मिक निरीक्षण गर्दा अधिकांश कर्मचारी अनुपस्थित भएका थिए । आफूले यस्तो निरीक्षण नियमित रुपमा गर्ने समेत उनको भनाइ छ । मन्त्री बस्नेतको निजी स्वकीय सचिवालयका तर्फबाट आजै मातहतका निकायहरु विद्युत् विकास विभाग, जलस्रोत तथा सिँचाइ विभाग, मौसम विज्ञान विभागमा समेत आकस्मिक छड्के गरेको छ ।

मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा सचिव गोपाल सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले कार्यशैली सुधार गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै कर्मचारीलाई सोही अनुसार गर्न गराउन आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्