जोडिनुहोस
  • होमपेज
  • जग्गादातालाई प्रहरीको सम्मान

जग्गादातालाई प्रहरीको सम्मान

बझाङ– अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराउने नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङमा आज आयोजित कार्यक्रममा उनीहरुलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा हस्ताक्षरित प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीका अनुसार अस्थायी प्रहरी पोष्ट झोताका लागि नन्दादेवी, कृष्णबहादुर र पूर्णबहादुरले जग्गा दान गरेका थिए ।

प्रहरी प्रमुख भण्डारीले जिल्ला प्रहरी कार्यालय चैनपुर, इलाका प्रहरी कार्यालय बुङ्गल र प्रहरी चौकी मेलविसौना तलकोटबाहेक अन्य स्थानमा भाडामै बस्नुपरेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका