जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • १ सय किलो सुन तस्करीमा तीनवटा मुख्य समूहको संलग्नताको आशंका

१ सय किलो सुन तस्करीमा तीनवटा मुख्य समूहको संलग्नताको आशंका

काठमाडौं । सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन ।

हङकङको क्याथे प्यासिफिकको जहाजबाट ल्याइएको सो सुन भन्सार पास गराएर बाहिर लैजान लाग्दा साउन २ गते राजस्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेको थियो ।

उच्च स्रोतका अनुसार सो तस्करीमा विशेषगरी चीनबाट कारोबार गर्ने, नेपालमा सुन भित्र्याउने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने तीनवटा मुख्य समूहको संलग्नता रहेको अनुसन्धान अधिकृतहरूको विश्लेषण छ ।

तीनवटै समूहका सहयोगी व्यक्तिहरू पक्राउ परे पनि मुख्य योजनाकरका बारेमा भने अनुसन्धान अधिकृतहरूले हालसम्म कुनै भेउ पाउन नसकेको स्रोतको दाबी छ । यस काण्डको अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभाग र सरोकारवाला सबै सरकारी निकाय बेखबर छन् ।

यद्यपि, छानबिनलाई तीव्रता दिइएकाले मुख्य योजनाकार पत्ता लाग्ने विभागका अधिकारीहरूको दाबी छ । तर, सुन तस्करी प्रकरणको घटना र त्यसअघिको अवस्थालाई समेत विश्लेषण गर्दा विभिन्न खाले प्रश्नहरू सिर्जना हुन पुगेका छन् । अनुसन्धान अधिकृतहरूकै विश्लेषणमा पनि सुन तस्करी निकै योजनाबद्ध रूपमा भएको देखिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्