जोडिनुहोस
  • होमपेज
  • गाईघाटबाट काँकडभिट्टा गइरहेको बस सप्तरीको बरमझियामा दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते

गाईघाटबाट काँकडभिट्टा गइरहेको बस सप्तरीको बरमझियामा दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते

काठमाडौं। सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस आज बिहान करिब ७ बजे दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।

विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस र मोटरसाइकल सडकमै पल्टिएका थिए । बसलाई डोजरको सहायताले उठाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका