जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५५ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५६ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • इरानको सैनिक परिसरमा ड्रोन हमला

अन्तर्राष्ट्रिय

इरानको सैनिक परिसरमा ड्रोन हमला

इरानको सैनिक परिसरमा ड्रोन हमला

तेहरान, इरानको रक्षा मन्त्रालयले इस्फाहान सहरस्थित एउटा सैनिक परिसरमा भएको ड्रोन आक्रमणलाई विफल पारिएको दाबी गरेको छ । मन्त्रालयले आक्रमणमा तीनवटा ड्रोन संलग्न रहेको र यसमा कुनै मानवीय क्षति नभएको पनि जनाएको छ ।

मन्त्रालयले अगाडि भनेको छ, “एउटा ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीबाट ध्वस्त पारिएको थियो । अन्य दुईवटा ड्रोनलाई प्रतिरक्षा जालुमा पारेर समातिएको थियो । यस कार्यको दौरान एउटा भवनमा सामान्य क्षति भएको छ ।

इरानका विदेशमन्त्री होस्सेन आमिर–अब्दोल्लाहियानले भनेका छन्, “मुलकमा अस्थिरता ल्याउने प्रयास स्वरूप यो कायरतापूर्ण घटना घटाइएको हो । तर यस घटनाले इरानको शान्तिपूर्ण ढंगले आणविक विकास गर्ने चहना र दृढतालाई कुनै प्रभाव पार्ने छैन ।

इरानको आणविक कार्यक्रम र युक्रेनमाथि आक्रमण गरिरहेका रुसलाई हातहतियार आपूर्ति गरेको कारण तनाव चर्किरहेका अवस्था यो ड्रोन आक्रमण भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्